काठमाडौं । बीस वर्ष पछि भएको स्थानीय निकायको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न कसैलाई रोक छैन । तर त्यो अधिकारमा कसैबाट रोकावट आयो भने त्यो व्यक्तिको आक्रोश कस्तो होला । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी नायिकाका रुपमा परिचित अभिनेत्री करिश्मा मानन्धरको मताधिकार माथि यस्तै किसिमको रोकावट आएको खुलासा भएको छ । नायिका करिश्माले फेसबुकमा स्टाटस लेख्दै आफ्ना पति विनोद मानन्धरले आफ्नो मताधिकारमा रोकावट ल्याएको उल्लेख गरेकी छन् ।
निर्वाचन आयोगको तालिकाका अनुसार आइतबार पहिलो चरणको निर्वाचन भइरहँदा करिश्मा चाहिँ निर्वाचनमा अधिकार प्रयोग गर्नबाट बञ्चित भइन् । उनले विनोदले आफूलाई परिवारको महत्वपूूर्ण सदस्य नै नमानेर छोरी कविता र आफ्नो मताधिकार काठमाडौंमा राखेको र करिश्मालाई चाहिँ सप्तरीको राजबिराजको नामावलीमा राखेको भन्दै कडा आक्रोश पोखेकी छन् ।
करिश्माका अनसार विनोदको नामवाली सप्तरीमा भएपनि उनी हाल सपरिवार लाजिम्पाट बस्दै आएकोमा उनले छोरी र आफ्नो बसाइँसराइ गरेर काठमाडौंबाट मतदाता परिचयपत्र लिए। तर काठमाडौंकै नागरिकता भएकी करिश्मा जसको विवाह पछि मानन्धर थरमा राजविराजबाट नागरिकता निकालियो उनको भने बसाइँसराइ विनोदले नगरिदिएको करिश्माको भनाइ छ।
उनले लेखेको स्टाटस यस्तो छः
म काठमाडौंको नागरिकता भएको मान्छे। वहासंग बिबाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो। म चुप लागेँ। सायद श्रीमानकोमा राख्नुपर्छ होला भनेर यत्रो बर्ष भयो। वहाँले मेरो voting card बनाई दिनु भएन। हामी लाजिम्पाट बस्छौ। आफ्नो र छोरीको बसाइँसराई गरेर वहाँले voting card लिनु भएछ।
तर वहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन। मैले वहाँलाई सोधेँ तर वस्ता गर्नु भएन ।। म आफैँ गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ ।। बसाइँसराईको कागज पनि थिएन। त्यसैले सप्तरीको लिस्टमा पुगेछ ।।न म राजबिराज को हो न म त्यहाँ कहिले बसेको छु। कसरी गएर भोट दिने ? ।। अरु सब कुरामा उ मेरो मालिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ।। Sorry to say this Binod you have to accept me as your important family member you are taking me too light.