मुम्बई(एजेन्सी) । भोजपुरी फिल्म विशेषत ग्ल्यामर नृत्यका लागि प्रख्यात छ । यी फिल्ममा निर्देशकले पूर्ण मनोरञ्जनको मसला दिन्छन् । भोजपुरी फिल्ममा बेडसिन पनि निकै बढी हुन्छन् । नायिकालाई निकै एक्सपोज गरिने यी फिल्ममा खिचिने बेडसिन अन्य फिल्म भन्दा फरक किसिका हुन्छन् । यस्ता दृश्य खिच्नलाई नायिकाले निकै झमेला पनि व्यहोर्नुपर्छ ।
समाचार अनुसार यस्ता फिल्मको छायांकन खुलेआम गरिन्छ । सुटिङ हुने स्थानमा स्थानीय मानिसहरु पनि निकै भेला हुन्छन् र उनीहरुले नायिकाको एक्सपोज पनि मज्जाले हेर्न पाउँछन् । स्थानीय मानिसहरु नायिकाको शरीर देखेर रमाइरहँदा नायिकाहरु भन निकै असहज महशुस गर्छन् । भोजपुरी फिल्मको इन्टिमेट सिनहरु खुला रुपमा बाटामा पनि खिच्ने गरिन्छ ।
भोजपुरी फिल्मको बजेट निकै कम हुन्छ । यसको सुटिङ विदेशी टुरिष्ट स्पटमा नभई स्थानीयस्तरमा नै हुन्छ । जसको कारण फिल्मको बजेट त्यसै कम हुने भइगयो । भीडमा फिल्म छायांकन गरिने भएकाले कैयौं समय नायिकालाई निकै समस्या पनि पर्ने गर्छ ।भीडमा फिल्मको कुन हट सिन खिच्नुप¥यो भने निर्देशकले त्यसलाई रिटेक लिएको लियै गर्छन् । जसकारण स्थानीय मानिसहरुले कतिले त्यसलाई आलोचना गर्छन् भने कतिले रमाइलो मानेर पनि हेर्छन् ।
फिल्मको सुटिङका समयमा निर्देशकले चाहे अनुसारको सट कलाकारले दिएका हुँदैनन् । त्यसकारण पनि त्यो दृश्यलाई उनीहरु फेरि सुट गर्छन् । सानो सहरको भीडमा लभ सिन सुट गर्न निकै दिक्दारी हुन्छ । यस्तो बेला कोही मोबाइलबाट भिडियो लिन र कोही फोटो खिच्न व्यस्त हुन्छन् । फिल्मको किसिङ सिन आउटडोर सुट गर्दा त्यहाँ उपस्थित व्यक्तिहरु आँखा फारी फारी त्यस्ता सिन हेर्छन् ।
अभिनयको समय कथाको माग अनुसार इन्टिमेटलगायतका दृश्य खिच्नुपर्ने हुन्छ । लजाए पनि नायिकाहरु यस्ता दृश्य दिन बाध्य हुन्छन् ।