पुर्व मिस नेपाल उषा खड्गी फिल्म निर्माणमा होमिएकी छिन् । उनको प्रस्तुतीमा बन्ने गरी आईतबार फिल्म ‘आउँदै जाँदै’को घोषणा भयो । राजधानीमा आयोजित कार्यक्रममा उपस्थित उषाले डेब्यू निर्माणमा सफलता पाउने आशा व्यक्त गरिन् ।
युवा पुस्ता केन्द्रित भनिएको यो फिल्मलाई उषाकै पति सञ्चारकर्मी समेत रहेका जिपी तिमल्सिनाले निर्देशन गर्दैछन् । छोटा फिल्म, वृत्त चित्र तथा विज्ञापन निर्देशनमा लामो समयदेखि सकृय जिपीको लाई ठुलोपर्दाको यो फिल्म डेब्यू निर्देशन रहनेछ । लामो समयदेखिको सञ्चारकर्म तथा फिल्म क्षेत्रसँग नजिक हुँदाको अनुभव ‘आउँदै जाँदै’मा खर्चिने जिपीले बताए । उनि कलाकार पनि हुन् ।
रोमान्टिक कमेडी जनराको भनिएको फिल्म तिहारपछि फ्लोरमा जानेछ । तर लिड कलाकार को रहने भने तय भईसकेको छैन् । १ करोड लागतमा निर्माण हुने फिल्मलाई नेपालसँगै केहि भाग अष्ट्रेलियामा पनि खिचिने बताईएको छ । सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको रहेको फिल्ममा सन्तोष अधिकारी र मनोज बदेलले उषासँग लगानीमा साझेदारी गरेका छन् । कौशल्या फिल्मस् को ब्यानरमा ‘आउँदै जाँदै’ तयार हुनेछ । वसन्त अधिकारी मुख्य सहायक निर्देशनमा रहनेछन् ।