‘थाइल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीवल’मा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले ‘बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसन’को अवार्ड जितेको छ।
थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय फिल्मको लागी छायांकनको गन्तब्य बनाउने उद्देश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ वटा फिल्महरु प्रतिस्पर्धा मा थिए।
विश्व भरिका फिल्म स्कुल र कलेजहरु बाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ‘ओस्कर ईन्टरनेश्नल कलेज’बाट ३ वटा र ‘कान्तिपुर फिल्म एकेडेमी’बाट एउटा गरी ४ वटा फिल्म प्रतिष्पर्धामा गएका थिए। जसमा ‘कान्तिपुर फिल्म एकेडेमी’मा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो।
यही जुलाई २७ तारिखको दिन थाइल्याण्डको बैँकक शहरमा आयोजीत उक्त फेस्टीवलमा नेपालसँगै मेक्सीकोको ‘ईफ आई वेर ब्रेभ’ ले बेस्ट फिल्मको अवार्ड जितेको थियो। उक्त अवार्ड मा थाइल्याण्डका पर्यटन मन्त्रि, शैनिक प्रमुख तथा थाइल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु र थाईल्याण्ड लगायत विश्व फिल्म क्षेत्रका प्रख्यात फिल्मकर्मीहरुको उपस्थिती थियो।