संचारकर्मी तथा निर्देशक समीर बलामीले नेवारी फिल्म निर्देशन गर्ने भएका छन्। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कुराको जानकारी गराइएको हो। ठुलो लगानीमा बन्न लागेको फिल्मको नाम ‘आ छु याय’ (मनलाई सोधी हेर) रखिएको छ।
फिल्मको लगानी ४० देखि ५० लाख रहने छ। ‘सामान्यतय नेवारी फिल्मको लगानी ८ देखि १० लाख हुन्छ।’ निर्देशक बलामीले भने ‘३० वर्षे लामो इतिहाँस बोकेको नेवारी फिल्मले ३ दशक पुरा हुँदासम्म पनि आफुलाई परिपक्व बनाउँन सकेको छैन। सामान्य बजेटमा फिल्म निर्माण हुन्छन। र, केहि संघसंस्थाको सहयोगमा च्यारिटी गरेर लगानी उठाउँछन्। तर, यति लामो समयसम्म पनि नेवारी फिल्मले आफ्नो बजार विस्तार गर्न सकिरहेको छैन। त्यहिँ बजार विस्तारको बाटो खोज्दै हामीले बिग बजेटमा सिनेमा निर्माण गर्न लागेका हौ।’ त्यस्तै ‘आ छु याय’ले नेवारी फिल्मको बजारलाई केहि माथि उठाउने कुरामा निर्देशक बलामी ढुक्क भएको बताए।
नेपाली र नेवारी भाषामा निर्माण हुने फिल्मलाई ‘जिमिगु स: फिल्म प्रोडक्सन’को व्यानरमा प्रकाशलाल जोशीले निर्माण गर्नेछन्। फिल्मको लागि कलाकारको छनेट भने हुन बाकीं छ। फिल्मको लागि चाहिने कलाकारको लागि अडिसनको आव्हान गरिएको छ। ईच्छुक व्यक्तिले ‘जिमिगु स:’ फेसबुक पेजमा गएर पनि निशुल्क फारम भर्न सक्नेछन। दशैँ लगतै गरिने अडिसनबाट फिल्मको कलाकार तय हुनेछन। पोखरा मनाङ, मुस्ताङ र काठमाडौँमा छायाँकन गरिने फिल्म कलाकारको छनोट भए लगतै फ्लोरमा जानेछ।