बलीउडस्टार शाहरुख खान र गौरी खान बलीउडको एक यस्ता कपल हुन, जसको तीन पटक विवाह भयो र उनीहरुले आफ्नो जिन्दगीमा कयौ राम्रा र नराम्रा पलहरु विताएका छन् । शाहरुख र गौरी स्कूलको समयबाट नै एक अर्कालाई प्रेम गर्थे र केही बर्षको अफयेरपछि उनीहरुले यो कुरा आफ्नो परिवारलाई बताए । पहिला शाहरुख खान मुस्लिम भएका कारण गौरीको परिवारले मानेनन् तर पछि उनीहरुको प्रेमको अगाडी गौरीको परिवार झुक्न बाध्य भए र उनीहरुको विवाह भयो ।
शाहरुख खान जब १९ बर्षका थिए तब गौरी १४ बर्षकी थिइन । सोही बेला पहिलो पटक शाहरुखले गौरीलाई देखेका थिए र शाहरुखको त्यही पल लव एट फर्स्ट साइट थियो । शाहरुख खानले जब गौरीसँग कुरा गर्ने कोशिस गर्थे तर गौरीले हुन्न भन्दै टारिदिन्थिन । कयौ कोशिसपछि गौरी शाहरुख खानको कुरा सुन्न राजी भइन । एक पटक गौरीले शाहरुखलाई केही पनि नबताएर साथीहरुसँग मुम्बई आउने फैसला गरिन । जब यो कुरा शाहरुख खानलाई थाहा भयो त्यसपछि शाहरुख खान मुम्बईमा आएर गौरीलाई खोज्न थाले । एक म्यागजिनमा छापिएको आफ्नो लेखमा शाहरुखले भनेका छन्, ‘त्यस समय गौरीलाई लिएर मेरो पागलपन निकै बढेको थियो । यदी उनी स्विमसूट लगाउँथिन वा आफ्नो कपाल फुकाउँथिन तब म उड्न थाल्थे । जब उनी आफ्नो कपाल खोल्थिन तब उनी निकै सुन्दर देखिन्थिन । म चाहन्न थिएँ कि उनलाई त्यो बेला अरु कोही केटाले देखोस् ।’
फिल्ममा जस्तै शाहरुख खान र गौरीको रियल लभस्टोरीमा पनि कयौ मस्किल आएको थियो । कयौ मस्किलको सामना गर्दै एक दिन शाहरुख खानले गौरीलाई दुलही बनाएरै छाडे ।
तिन पटक भएको थियो विवाह
शाहरुख र गौरी त आफ्नो विवाहमा बदल्न तयार थिए तर दुवैको धर्म फरक भएका कारण उनीहरुको परिवारको यो कुरामा निकै ठूलो आपत्ति थियो । शाहरुखले गौरीको परिवारलाई मनाउनका लागि धेरै संघर्ष गर्नु पर्यो र अन्तत शाहरुख खानले गौरीको परिवारलाई मनाएरै छोडे । फेरी २६ अगस्ट १९९१ मा शाहरुख खान र गौरीले कोर्टमा विवाह गरे । पछी यि दुईको फेरी विवाह भयो, जसमा गौरीको नाम आयशा राखियो । त्यसपछि २५ अक्टुबर १९९१ मा हिन्दू रितिरिवाजका साथ फेरी शाहरुख खान र गौरीको विवाह भएको थियो ।