फिल्म ‘पञ्चेबाजा’मा समावेश ‘घिन घिन मादल बज्यो’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिलिज गरिएको छ । राजेश शाहीको निर्माणमा घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्म फागूण ११ गतेबाट रिलिज हुँदैछ । निर्देशक लामिछानेले विशुद्ध नेपालीपन बोकेको फिल्म निर्माण गरेको बताएका छन् ।
फिल्ममा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, श्रृजना सुब्बाले मुख्य भूमिकामा काम गरेका छन् । फिल्मको सार्वजनिक गीतमा विकास चौधरीको संगीत, अन्जु पन्त र डेविड शंकरको संगीत, प्रदिप भारद्धाजको शब्द छ ।
अभिनेता सौगात मल्ल यो गीतको भिडियोमा राम्रो नाचेका छन् । कर्मालाई झुलुक्क देखाइएतापनि उनी त्यसपछि भने हराएका छन् ।