भारतको प्रख्यात स्यानफोर्ट प्रि–स्कुल काठमाण्डौमा पनि सुरु भएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापना भएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डीआइजि पुस्कर कार्की, अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौरले एकसाथ गरेका छन् ।
स्कुलले निकट भविस्यमै अन्य धेरै शाखा सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौंको विशालनगर मार्ग स्थित स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्ट निर्देशगरे अनुसारको शिक्षादिने प्रतिवद्धता ब्यक्त गरेका थिए । अभिनेत्री केकी अधिकारीले पनि स्कुलले राम्रा विद्यार्थीहरुलाई जन्म दिन सकोस् भनेर शुभकामना दिइन् ।
केकी फिल्म ‘राज्जा रानी’को प्रचारमा दौडिरहेकी छिन् । यसैले, पनि अहिले उनी विभिन्न कार्यक्रममा सहभागी हुदै आएकी छिन् ।