चलचित्रको गीत युटुबमा १० लाख पट्क हेरिनुलाई चलचित्रको प्ररम्भिक प्रचार प्रसारमा सफलता मन्नसकिन्छ । गीत १० लाख पटक हेरिदा त्यसले युटुबमा चलचित्रको चर्चा र भबिस्यमा तेस्ले आर्जन गर्ने ख्यतीको परिधि समेत मापन गर्न निर्माण पक्षलाई मद्दत पुग्ने गर्छ ।
पौषको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बटरफ्लाई’को एक रोमान्स भरिएको गीत पनि १० लाख पटक हेरिएको छ । अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्मलाई ओम प्रतिकले निर्देशन गरेका हुन् ।
यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । सुगम पोखरेल र अन्जु पन्तले गीतमा स्वर दिएका छन् । रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्ममा पुष्पाञ्जली अधिकारी, रामशरण राना, भुपेन्द्र सुवेदीको लगानी छ ।
यो फिल्मले अर्को फिल्म ‘मिस्टर झोले’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैले पनि बक्स अफिसमा आर्यन र प्रियंकाको लडाई दयाहाङ राई र बर्षा राउतसँग हुँदैछ ।