अभिनेता तथा फिल्म ‘फिर्के’का प्रस्तुतकर्ता सुलेमान शंकर ‘इकु’ले फिल्मको प्रचारमा कलाकारको कत्तीपनि साथ पाएनन् । फिल्म तयार गर्न निर्देशक रवि डंगोल व्यस्त हुँदा इकु पनि देश दौडाहामा छन् । उनी, पूर्वदेखि पश्चिम, काठमाण्डौका मिडियामा आफै दौडिएका छन् ।
इकुले कुनै पनि कलाकारको साथ नपाएको गुनासो पनि गरेका छन् । उनले भनेका छन्–‘फिल्ममा काम गरेपछि कलाकारले आफ्नो दायित्व विर्सन्छन् । यसैले पनि निर्माताले दुःख पाउँछन् । अहिले कलाकारको साथ नहुँदा मलाई एक्लै दौडनुपरेको छ ।’
इकुलाई साथ दिनसक्ने कलाकार फिल्ममा ऋचा शर्मा र अर्पण थापा छन् । तर, ऋचा र अर्पणले फिल्मका बारेमा एक शब्द पनि बोलेका छैनन् । अर्की अभिनेत्री क्रिस्टिना नेपालमै छैनन् ।
पौष २१ गतेबाट रिलिज हुने फिल्मको प्रचारमा एक्लै दौडदा आफूलाई गाह्रो र दुख दुबै भएको इकु बताउँछिन् ।