कलाकार विना थापाको निधन भएको छ । वुधबार दिउँसो उनको बत्तिसपुतलीमा भएको सडक दुर्घटनामा निधन भएको हो । बत्तिसपुतलीमा बा.२.ख ८९४ नम्बरको पानी ट्याक्रले उनी चढेको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगतै उनलाई विर अस्पताल लगिएको छ । उनको उपचारको क्रममा निधन भएको हो । विनाले अभिनय गरेको फिल्म ‘पिजडा ब्याक अगेन’ प्रदर्शनका लागि तयारीमा छ ।
उनले ‘उर्वशी, डिभोर्स’ लगायतका फिल्ममा काम गरेकी थिइन् । विनाले काठमाण्डौमा रहेर म्यूजिक भिडियो र नाटकमा पनि काम गरिरहेकी थिइन् ।
विनालाई ठक्कर दिने ट्याक्र चालक प्रहरिको नियन्त्रणमा छन् ।