लगातार २ बर्ष फिल्म ‘छक्का पन्जा र छक्का पन्जा २’ रिलिज भए । यी दुबै फिल्मले बक्स अफिसमा धमाका नै मच्चाए । फिल्म हिट हुँदा फिल्मको निर्देशक, निर्माता, कलाकारलाई फाइदा भयो । तर, दुई यस्ता कलाकार छन् जसलाई ‘छक्का पन्जा’ले खुशी दिन सकेन ।
फिल्म ‘छक्का पन्जा’ चल्दा यसका अभिनेत्रीहरु प्रियंका कार्की र बर्षा राउतलाई फाइदा भयो । तर, फिल्मकी अभिनेत्री नम्रता सापकोटालाई केहि पनि भएन । फिल्म चल्यो, सिक्वेल बन्यो तर उनी मात्र दोहोरिइनन् ।
उनलाई बल्ल बल्ल फिल्म ‘समर लभ’को सहायक अभिनेत्रीको भूमिका मिलेको छ । फिल्म ‘छक्का पन्जा २’ पनि चल्यो । सबैलाई फाइदा पनि भयो । तर, यसका अभिनेता स्वरुपपुरुष ढकाललाई कुनै पनि फाइदा भएन । उनलाई, फिल्ममा लिनका लागि कसैले पनि कोशिश गरेका छैनन् ।
कहिलेकाही फिल्म चलेपनि त्यसका कलाकारलाई फाइदा हुँदैन । नम्रता र स्वरुप त्यस्तै भोगाई भोगिरहेका छन् ।