अभिनेत्री दीया पुन अहिले नेपालमा छिन् । फिल्म ‘मिस्टर झोले’की अभिनेत्री बर्षा राउत फिल्म चल्ने समयमा अष्ट्रेलिया हुइकिदा दीया भने बेलायतबाट फिल्म पब्लिसिटीकै लागि नेपाल आएकी हुन् ।
उनी अहिले फिल्म ‘मिस्टर झोले’को प्रचारमा हिडिरहेकी छिन् । रामबाबु गुरुङले नै फोनबाट आग्रह गरेपछि दीया यो फिल्मसँग जोडिएकी हुन् । उनले, यो फिल्ममा आफू नानुको भूमिकामा रहेको पत्रकारहरुसँग बताएकी छिन् । हालसम्म, ३ वटा फिल्ममा काम गरेकी दीयाका लागि ‘मिस्टर झोले’ विशेष छ ।
उनले अभिनेता दयाहाङ राई फिल्मको पर्दामा रोमान्टिक हुने गरेको मिडियासँग बताएकी छिन् । गाउँको सामान्य कथालाई यथार्थपरक तरिकाले उठान गरिएकाले पनि दर्शकले फिल्म रुचाउने दीयाको भनाई थियो ।
उनले फिल्ममा अर्की अभिनेत्री बर्षा राउत भएपनि डाहा नहुने बताइन् । बर्षा र आफू फिल्म छायांकनको समयमा एउटै रुममा बसेको दीयाको भनाई थियो ।
दीया आफूलाई धेरै फिल्म भन्दा पनि कम तर दर्शकले संझने खालका भूमिकामा काम गर्न मन लागेको स्पष्ट पार्छिन् । पौष २८ गतेबाट दीया अभिनित यो फिल्म रिलिज हुँदैछ ।