फिल्म ‘लिलिबिली’को छायांकन सकिएको छ । नेपालमा केहि दृश्य खिच्न बाँकी रहेपनि यूरोप छायांकन भने सकिएको हो । फिल्मको छायांकन सुरु भएदेखि नै यसको प्रदर्शन मितिलाई लिएर चर्चा भैरहेको छ ।
यो फिल्म सुरुमा चैत्र ३० गते वा वैशाख १४ गते रिलिज हुने चर्चा भयो । तर, पछि फेरि अभिनेता रजनीकान्तको प्रतिक्षित फिल्म ‘२.०’ले वैशाख १४ लाई रिलिज डेट तोकेपछि ‘लिलिबिली’ले चैत्र ३० गतेलाई प्रदर्शन मिति तोक्यो । फेरि, रजनीकान्तको फिल्म चैत्र ३० गते आउने भएपछि प्राविधिक कारण देखाउँदै ‘लिलिबिली’को प्रदर्शन वैशाख १४ लाई तोकिएको छ ।
अभिनेता प्रदिप खड्का, अभिनेत्री प्रियंका कार्की र नव–अभिनेत्री जसिता गुरुङ यो फिल्मका मुख्य कलाकार हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।