नेपाली फिल्मका कलाकारले मात्र होइन, निर्देशकले पनि महंगो पारिश्रमिक लिएर फिल्म निर्देशन गर्ने भएका छन् । निर्देशक दीेपेन्द्र के खनाल पनि सोहि सूचिमा पर्छन् ।
उनले, फिल्म ‘लभ लभ लभ’का लागि १० लाख पारिश्रमिक लिएको चर्चा थियो ।
अब, उनले नयाँ फिल्म ‘चङ्गाचेट’का लागि २५ लाख पारिश्रमिक लिएका छन् । निर्माता माधव वाग्लेले यो फिल्मको निर्देशन गर्दैछन् । फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी, ऋचा शर्मा, अर्पण थापा, रविन्द्र झाको मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन चैत्र १ गतेबाट सुरु हुनेछ ।
यो फिल्मको छायांकन पोखरा, काठमाण्डौ र जनकपुरमा हुनेछ ।