निर्देशक मिलन चाम्सलाई अहिले फिल्म निर्देशनको मेसिन नै मान्न सकिन्छ । फिल्म रिलिज नभएपनि उनले धमाधम फिल्मको निर्देशन भने गरिरहेका छन् । उनले निर्देशन गरेको नयाँ फिल्म ‘बोबी’ बास्तविक प्रेमकथामा आधारित छ ।
यो फिल्ममा रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेमकथालाई देखाइएको छ । अब, यो फिल्मको प्रिमियर नर्वेमा गरिने भएको छ । नर्वेमा रहेको मल्टिप्लेक्स हलमा नै यो फिल्मको प्रिमियर हुनेछ । यो फिल्मको प्रिमियर हुने स्थानमा हलिउडका चर्चित फिल्महरु मिसन इम्पोसिबल, जेम्स बोन्डका फिल्म पनि प्रिमियर भएका छन् ।
नर्वेमा रहेको नोर्डिक्स फिल्म वितरण कम्पनीले फिल्मको प्रिमियर गर्न लागेको हो । मे १० मा फिल्मको प्रिमियर नर्वेमा हुने निर्माण टोलीले जानकारी दिएको छ । फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवि राना, रवि गिरी लगायतका कलाकारको अभिनय छ ।
नर्वेमा रहेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होटल म्यानेजरको काम गर्दै आएकी कविताको निकै रमाइलो प्रेमकथामा यो फिल्मलाई मिलनले तयार पारेका छन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।