फिल्म ‘नेप्टे’ चैत्रको ३० गतेबाट रिलिज हुने भएको छ । फिल्ममा समावेश पहिलो लोक गीत सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको हो । फिल्ममा समावेश गरिएको ‘सुपारी काँचो’ बोलो गीत सार्वजनिक भएको छ ।
आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मलाई रोहित रुम्बाले निर्माण गरेका हुन् । सार्वजनिक भएको यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर छ भने ओम सुनारको संगीत र भानुभक्त ढकालको शब्द समावेश गरिएको छ । हरि लामाले छायांकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्ममा तारा थापाको सम्पादन छ । देवकुमार श्रेष्ठले फिल्मको निर्देशन गरेका हुन् । फिल्म भित्र दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्ममा रोहित रुम्बाकै कथा, पटकथा तथा संवाद किरण माइकलले लेखेका छन् । फिल्ममा रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गरेका छन् । सामाजिक कमेडी कथामा फिल्मको निर्माण गरेका हुन् ।