फिल्म ‘लिलिबिली’ प्रतिक्षामा छ । अझ, फिल्ममा अभिनेता प्रदिप खड्का, अभिनेत्री प्रियंका कार्की जस्ता कलाकार भएपछि यो फिल्मको प्रतिक्षा नहुने कुरै भएन । यो फिल्मको छायांकन विदेशमा गरिएकाले पनि चर्चा बढी भएको हो । विदेशमा छायांकन गरिएको फिल्मको पहिलो गीत सार्वजनिक भएको छ ।
‘इज इट लभ’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो । फिल्मको यो गीतमा प्रदिप खड्का र जसिता गुरुङलाई देखाइएको छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर छ ।
फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठको मुख्य भूमिका छ । फिल्ममा मिलन चाम्स, गोविन्द शाही, सुदिप खड्काको लगानी छ । यो गीतको भिडियोको लोकेशन स्कटल्याण्डमा खिचिएको हो ।