निर्देशक तथा निर्माता अशोक शर्माले १२ बर्षपछि नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले, यो फिल्ममा अभिनेता खगेन्द्र लामिछानेसँग टिमअप गरेका छन् । अशोकको निर्देशन, अभिनय रहने यो फिल्म सोसल ड्रामामा निर्माण हुनेछ ।
फिल्ममा लामिछानेको पटकथा तथा मुख्य भूमिका रहनेछ । यो फिल्म आउँदो बर्षको दशैको फूलपातिबाट रिलिज हुनेछ । फिल्ममा खगेन्द्रको साथमा सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेलको मुख्य भूमिका रहनेछ ।
अशोकको कम्पनी फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा फिल्म बन्न लागेको हो । दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथालाई यो फिल्मले उठान गर्नेछ । १ करोड ६० लाखको बजेटमा यो फिल्म बन्नेछ । फिल्मको छायांकन झापा र इलाममा हुनेछ ।
पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको द्धन्द्ध फिल्ममा रहनेछ ।