फागूण ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’को प्रचारका लागि अभिनेत्री स्वेता खड्का र अभिनेता दयाहाङ राई राजधानी बाहिर पुगेका छन् । मोफसलको चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री स्वेताले फिल्मले दर्शक रिझाउने बताएकी छिन् । स्वेताले चितवनलाई माइतीघर भनेकी छिन् ।
उनले भनेकी छिन्–‘मेरो फिल्मको यात्रा नै चितनवबाट सुरु भएको छ । म यो ठाउँलाई माइटीघर भन्न चाहन्छु ।’ अभिनेता दयाहाङ राइले फिल्म ‘कान्छी’ समसामयिक कथामा बनेको बताए । उनले सानो सपना र ठूलो दुःख भोगाइ नै कान्छी रहेको बताए ।
यम थापाको स्क्रिप्ट रहेको यो फिल्ममा स्वेता र दयासँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ ।