आजबाट सोलो रुपमा फिल्म ‘सत्रु गते’ रिलिज भएको छ । यो फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो फिल्मले काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्समा उच्च शो पाएको छ । यो फिल्मलाई क्युएफएक्स च्यानल अन्तर्गतको हलमा ३१ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
कमेडी जनराको कथामा बनेको यो फिल्मले व्यापार आक्रामक गर्ने संकेत देखिएको छ ।