फिल्म ‘दि कर्मा’ सेन्सर पास गरेको छ। नेपाल सरकार अन्तर्गत केन्द्रीय फिल्म जाँच समिति ‘सेन्सर’बाट फिल्मले पिजी सर्टिफिकेट पाएको छ।
आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन्।
सेन्सर बोर्डले फिल्मको एक दृष्य सच्याउन अनुरोध गरेको छ। एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न सेन्सर बोर्डले निर्देशन दिएको छ।
माघ १७ गतेबाट रिलिज हुन लागेको यस फिल्ममा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय छ।
देव कुमार श्रेष्ठ निर्देशित फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मलाई जय राज रायले निर्माण गरेका हुन्। फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन्। ‘दि कर्मा’को पटकथा तथा संवाद सुशिल पोखरेलको हो।
फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको पनि लगानी रहेको छ। फिल्ममा शारदा खड्का अर्याल सह-निर्माताको रुपमा छन्। फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।