फिल्म ‘सेल्फी किङ्ग’को नयाँ गीत ‘जिन्दगीको के छ र भर’ सार्वजनिक गरिएको हो। गीतको लिरिकल भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको हो।
सार्वजनिक उक्त गीतमा सुभाष भुषालको संगीत रहेको छ। सुरज गैरेको शब्द रहेको गीतमा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ। गीतले कलाकार भएपछि भोग्नु परेको दुःख, पारिवारिक विछोड, दुखी जीवन जस्ता कुरालाई देखाएको छ।
माघ २४ गतेबाट रिलिज हुने यो फिल्ममा विपिन कार्की सेल्फी किङ्ग बनेका छन्। विपिनसँगै फिल्ममा लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतको मुख्य भूमिका छ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन्।