निर्देशक निश्चल बस्नेतले ब्लकबस्टर फिल्म ‘लुट’को दोस्रो भाग ‘लुट-२’को सुटिङ सकिएको छ । चितवनको पर्सा बजारमा वुधबार चलचित्रको सम्पुर्ण छायाँकन सकिएको निर्देशक बस्नेतले जानकारी दिए । ‘लुट २’ का मुख्य पत्र सौगात मल्ल (हाकु काले) नयाँ राजनीतिक पार्टीमा प्रवेश गरेसँगै चलचित्रको छायांकन सकिएको हो । चलचित्रको छायांकनसँगै निर्माण युनिटले चलचित्र ‘लुट ३ ’समेत निर्माण गर्ने घोषणा गरेको छ । आगामी फागुन १३ गते रिलिज हुने घोषणा गरिएको ‘लुट–२’ को ४५ दिने सुटिङ गत साउनको दोस्रो साताबाट सुरु भएको थियो। ‘लुट-२’मा अभिनेता सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन्। माधव वाग्ले र नरेन्द्र महर्जन निर्माताको रुपमा देखिएका छन्। सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् भने सुरेन्द्र पौडेलको सम्पादक रहनेछ। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा फिल्म तयार भएको हो ।