प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो महिनाको तलब सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नाममा स्थापित’ धुर्मुस-सुन्तली फाउण्डेशन’ हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीले केही दिन अगाडी मात्र धुर्मुस सुन्तलीलाई भेट गर्दै आफ्नो पहिलो महिनाको तलब दिने उद्घोष गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालले दाहालसहित लन्डनका एक रेस्टुरेन्ट व्यवसायीले दिएको १ लाख १५ हजार रुपैयाँ फाउन्डेसनका संस्थापक कुञ्जना घिमिरे ‘सुन्तली’लाई बुधबार बिहान हस्तान्तरण गरिएको छ ।
धुर्मुस सुन्तली अहिले सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत नमूना बस्ती निर्माण गरिरहेका छन् । उक्त बस्ती निर्माणका लागि ५ करोड लाग्ने बताइएको छ ।