कलाकार सन्तोष पन्तमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । शनिवार बिहान प्रतिष्ठानको सुरक्षाको ठेक्का पाएको केटिएम सेक्युरिटी प्रालिका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तको टोलीले त्यहाँ कार्यरत एक महिला सुरक्षा गार्डमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी दिइएको बताइएको छ ।
कलाकार पन्त केटिएम सेक्युरिटी सर्भिसका ब्राण्ड एम्बेसडर हुन् । नाम खुलाउन नचाहेकी उक्त महिलाले मादक पदार्थ पिएर आएका दुबैजनाले आफ्ना संवेदनशिल अंगमा हातपात गरी यौन र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् ।
स्रोतका अनुसार प्रतिष्ठानमा शुक्रबार राती अबेरसम्म पार्टी चलेको थियो । उक्त पार्टीमा सुनसरीका प्रजिअ, प्रतिष्ठानका पदाधिकारीसमेत सामेल थिए । पार्टीमा अत्यधिक मदिरा सेवन गरेका शाह र पन्त भने बिहानको समयमा डिउटी चेक गर्न भन्दै निस्किएको थिए । केटिएमका क्षेत्रीय निर्देशक तथा नेपाल प्रहरीका पूर्व डिएसपी रुपम लामाले घटनाबारे आफु अनभिज्ञ रहेको बताएका छन् ।
केटिएमका प्रमुख शाहले भने मादक पदार्थ सेवन नगरेको र महिला गार्डमाथि दुव्र्यवहार पनि नभएको दाबी गरेका छन् ।