निर्देशक राजकुमार हिरानी अहिले अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म निर्माणको तयारीमा छन् । उनले सो फिल्ममा अनुष्का शर्मालाई लिने चर्चा चलेको छ । अनुष्काले हिरानीको ‘पिके’ फिल्ममा अभिनय गरेकी थिइन् । सञ्जयको जीवनमा थुप्रै युवती आएको भए पनि अनुष्का तीमध्ये कुनैको भूमिकामा हुने छैनन् । उनलाई निर्देशकले सञ्जयको जीवनी खोतल्ने लेखिकाको भूमिकामा प्रस्तुत गर्न लागेको खबर छ । फिल्मका अन्य कलाकार भने सार्वजनिक नगरिएको भए पनि सञ्जयको भूमिका रणवीर कपुरले निर्वाह गर्ने बलिउडमा चर्चा छ ।