‘स्टुडेन्ट अफ द इयर’, ‘हम्प्टी शर्माकी दुल्हनिया’ जस्ता फिल्ममा काम गरिसकेका अभिनेता वरुण धवन तथा अभिनेत्री आलिया भट्टको जोडी अहिले फिल्म ‘बद्रीनाथकी दुल्हनिया’को सुटिङमा व्यस्त छ । तर, यही व्यस्तताबीच पनि वरुण समय निकालेर गर्लफ्रेन्ड नताशा दलाललाई भेट्न गएका छन् । अहिले बलिउडमा यही भेटको चर्चा चुलिएको छ । यी दुई बान्द्राको हक्कासन रेस्टुरेन्टबाहिर देखिएका थिए । भारतीय मिडियाको दाबीलाई मान्ने हो भने वरुण सहरमा हुँदा नताशासँग भेटिरहेका हुन्छन् । त्यसो त यी दुईले केही समयअघि माल्दिभ्समा बिदा मनाएका पनि थिए । तर, अहिलेसम्म यी दुवैले आफ्नो सम्बन्धबारे केही बोलेका छैनन् ।