बलीउडस्टार सलमान खानको बल्कबस्टर फिल्म ‘किक’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वल बन्ने पक्का भएपनि फिल्ममा सलमानको जोडी को हुने भन्नेमा भने कुनै खुलासा भइसकेको छैन्। फिल्ममा कहिले नयाँ नायिका हुने चर्चा सार्वजनिक भए भने कहिले पूरानै नायिकाले निरन्तरता पाउने कुरा सार्वजनिक भयो। हाल स्क्रिप्टको काम भइरहेको ‘किक २’ लाई लिएर फेरी नयाँ खबर सार्वजनिक भएको छ। फिल्ममा सलमानको जोडी पहिलो सिक्वलमा जोडी बनेकी ज्याकलिन फर्नानडिज नै आउने बताइएको छ। यसको औपचारिक घोषणा भने भएको छैन्। स्वयंम ज्याकलिनले पनि यसबारे मौनता राख्दै आएकी छन्। हालै एक कार्यक्रममा ‘किक २’ मा उनको उपस्थितिलाई लिएर राखिएको प्रश्नमा ज्याकलिनले सिधा उत्तर नदिई उनले कुटनितिक जवाफ दिइन्। ‘म सिद्दार्थ मल्होत्राको एक फिल्ममा काम गरिरहेको छु’, उनले भनिन्।