गत मेमा मल्लिका सेरावतले बिहे गरेको खबर आयो । उनले आफ्ना ब्वाइफ्रेन्ड साइरिल आक्जेन्फेन्ससँग पेरिसमा गुपचुप बिहे गरेकी थिइन् । मल्लिकाले बिहे गरेको कुरा उनका बाबु मुकेश लम्बाले नै बताएका थिए । तर, मल्लिका भने आफूले बिहे गरेको स्वीकार गर्दिनन्।
भारतीय समाचार एजेन्सीका अनुसार मल्लिका अब साइरिलबाट बच्चा जन्माउन चाहन्छिन् । उनका सेक्रेटरीले समेत मल्लिकाले बिहे गरेको कुरा सीधै नकार्दै आइरहेका छन् । फ्रान्समा बस्ने साइरिल र मल्लिका विगत दुई वर्षदेखि रिलेसनमा छन् । मल्लिकाले केही समयअघि साइरिलसँग डेटिङ गरिरहेको स्वीकार गरेको भए पनि बिहेबारे भने लुकाउँदै आएकी छिन् । बिहे गरेको खुलाउन नचाहने, तर बच्चा जन्माउने योजना बुनेकी मल्लिकाको रबैयाप्रति बलिउडकर्मी छक्क परेका छन् ।