फिल्म ‘ऐ दिल है मुश्किल’ को कारण अभिनेत्री ऐश्वर्या राय चर्चामा छिन् । फिल्ममा ऐश्वर्याको सुन्दरता र एक्टिंगको खुबै तारिफ भइरहेको छ । हालैमा एेशले हार्पर बाजार मैग्जीनको लागि फोटोशूट गराएकी छिन् । फोटोशुटमा उनको बोल्ड अवतार देख्न सकिन्छ ।
ऐश्वर्या मैगजीनको कभर गर्ल बनेकी छिन्, जसमा उनको मनमोहक अन्दाज देख्न सकिन्छ । मैगजीनको नोभेम्बर एडिशनको लागि पूर्व विश्व सुन्दरीको फोटोशुट गरिएको हो । फोटोशूटका सबै तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
हार्पर बाजार मैग्जीनको फोटोशूट भन्दा पहिला ऐशले रणबीरसँग सिजलिंग फोटोशूट गरेकी थिइन् । रणबीर र ऐश्वर्याले यो फोटोशूट फिल्मफेयर मैगजीनका लागि गराएका थिए ।