अर्को महिनादेखी विवाहको सीजन सुरु हुँदैछ । आम मानिस होस् या सेलिब्रेटी सबै आफ्नो विवाह हरेक कोणबाट स्पेशल होस् भन्ने चाहन्छन् । यदी बलीउडको कुरा गर्ने हो भने केही यस्ता विवाह पनि भएका छन्, जुन कुनै न कुनै कारणले यादगार बनेका छन् । यसको उदारहण बलीउड अभिनेत्री शिल्पा शेट्टीकै लिनुहोस् । २२ नोभेम्बर, २००९ मा शिल्पाको विवाह विजनेश म्यान राज कुंद्रासँग भएको थियो । तर केही व्यक्तिहरु मात्र जान्दछन् कि शिल्पाको विवाह बलीउडको महँगो विवाह मध्येको एक थियो । सुत्रका अनुसार विहेमा शिल्पाले भारतीय ५० लाखको आउटफिट र करीब ३ करोड भारतीय रुपैयाँको ज्वेलरी लगाएकी थिइन् । यसको अलवा शिल्पा र राजको विवाहमा ८० किलोको केक काटिएको थियो, जसको ९ स्टेज थियो ।