भारतीय चलचित्र क्षेत्र जति चर्चित छ त्यसको तुलनामा कम छैन टेलिभिजन क्षेत्र पनि । टेलिभिजन प्रस्तोताहरु नाम मात्र होइन प्रशस्त दामका हिसावले पनि बलिउड कलाकारकै हाराहारीमा कमाउँछन् ।
त्यसैको उदाहरण बनेका छन् कमेडियन सो प्रस्तोता कपील शर्मा । कपील शर्माले हालै सोनी इन्टरटेण्मेन्टसँग एक वर्षका लागि सम्झौता नविकरण गरेका छन् । जस अनुसार उनले एक वर्ष उक्त शो होस्ट गरेवापत् ए सय १० करोड अर्थात एक अर्ब १० करोड कमाउनेछन् । यो सँगै उनी भारतीय टेलिभिजनकै सबैभन्दा महंगा प्रस्तोता बनेका छन् । यस भन्दा पहिले कपिलले प्रति एपिसोड ६० देखी ८० लाख कमाउँदै आएका थिए ।
कम्पनीले कपिल जस्तो प्रतिभाशाली कलाकारलाई सो रकम उपलब्ध गराउन कुनै आपत्ति नरहेको बताएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । कम्पनिले कपिलकै कारण आफ्नो टेलिभिजनको रेटिङ ह्वात्तै बढेको पनि बताएको छ ।
त्यसो त कपिल मात्र होइन । उनको टीमका सबै सदस्यहरुको पनि पारिश्रमिक बढेको छ । सोनीले उनीहरु सबैको प्रतिभाको कदर गर्दै पारिश्रमिक बढाएको बताएको छ ।
यस्तो छ कलाकारहरुको कमाई :
कपिल शर्मा – हालसालै भएको सम्झौता अनुसार कपिलले १ अर्ब १० करोड प्रतिवर्ष कमाउँछन् । कपिलले यसभन्दा पहिले प्रति एपिसोड ६०–८० लाख कमाउने गरेका थिए ।
यो सँगै कपिल सबैभन्दा बढी कमाउने अन्तर्राष्ट्रिय टेलिभिजन प्रस्तोताका माझमा दह्रो उभिएका छन् । अन्तर्राष्ट्रिय मुल्यांकन अनुसार कपिलको पारिश्रमिक १४ मिलियन अमेरिकी डलर हुन्छ ।
सुनील ग्रोवर (डाक्टर मशहुर गुलाटी) – शोमा कपीलपछि सबैभन्दा चर्चित कलाकार हुन् सुनिल ग्रोवर ।
उनको अभिनय क्षमताका कारण उनका निकै धेरै फ्यान फलोअर्स रहेका छन् । उनको पारिश्रमिक प्रति एपिसोड १० देखी १२ लाख रहेको छ । शोमा उनी कपीलपछि सबैभन्दा धेरै कमाउने कलाकार हुन् ।
नवजोत सिंह सिद्धु – कुनैबेलाका स्टार क्रिकेटर सिद्धु अहिले चर्चित हास्य कलाकारका करुपमा स्थापित भैसकेका छन् भन्दा फरक नपर्ला । कलाकारहरुको प्रत्येक प्रस्तुतीमा दिने प्रतिक्र्रियाकै कारण सिद्धु निकै चर्चित छन् । कार्यक्रममा उनको उपस्थिती नहुँदो हो त कार्यक्रम नै फिक्का हुन्थ्यो भन्ने दर्शकको जमात बलिउडमा निकै ठूलो छ ।
तत्काल सायरी सिर्जना गरेर भन्न सक्ने र खुलेर हाँस्नसक्ने प्रतिभाका कारण उनी निकै चििर्चत छन् । उनी एक एपिसोडको ८–१० लाख रुपैयाँ कमाउँछन् ।
सरला गुलाटी – वास्तविक नाम सुमोन चक्रावर्ती हरकेो यी महिला कलाकार पनि कपिल शो की महत्वपूर्ण कलाकार हुन् । उनको कला प्रस्तुत गर्ने शैलीले कपिल शो लाई छुट्टै रंग दिएको छ ।
उनले एक एपसिोड काम गरेवापत शोबाट ६–७ लाख प्रतिदिन कमाउँछिन् ।
सन्तोष – वास्तविक नाम कीकु शारदा रहेका यी कलाकार दैनिक ५–७ लाख कमाउँछन् ।
अधिकांश समय महिला पात्रका रुपमा अभिनय गर्ने यी कलाकारको छुट्टै पहिचानका कारण दर्शहरुमाझ प्रिय छन् ।
अलि असगर – कपिल शो मा पुष्पा नानीको रुपमा देखिने यी कलाकार कुनैबेला बलिउडकै जमेका कलाकार थिए । यी कलाकार विगत लामो समयदेखी महिला पात्रका रुपमा अभिनय गर्दै आएका छन् ।
कार्यक्रममा आउने हरेक पुरुष पाहुनालाई महिला पात्र बनेर जिस्क्याउनु र आफ्नो तारिफ आफै गर्नु यिनको खाश विशेषता हो । स्क्रिप्ट राइटरले पनि यीनलाई त्यस्तै रोलमा बढी उभ्याउने गर्दछन् । अलिले एक एपिसोड अभिनय गरेवापत ५–७ लाख रुपैयाँ कमाउने गर्दछन् ।
चन्दु चायवाला – कपिल शो मा चिया बोकेर आउने यी पात्रको खाश नाम चंदु चायवाला हो । यीनले प्रति एपिसोड ४–६ लाख कमाउने गर्दछन् ।
रोशेल राव – लट्री नर्सका रुपमा कपिल शर्मा सो बाट दर्शकलाई हसाउने यी पात्र प्रति एपिसोड ३–४ लाख कमाउँछिन् ।