बलिउड अभिनेत्री प्रियंका चोपडाको प्रमुख भुमिका रहेको अमेरिकी टिभी शो ‘क्वान्टिको’ अब यो शो बन्द हुने अवस्थामा पुगेको बताइएको छ । यही शोबाट बलीउड अभिनेत्री चोपडा हलीउडमा निकै चर्चित बनेकी थिइन । एक हलिउड समाचार साइटका अनुसार दर्शक चाप र रेटिङका आधारमा पछाडी रहेको आइतबारबाट सोमबारको स्लटमा राखिएको छ। यो शो २३ जनवरीदेखी सुरू हुनेछ।
शोका निर्माताले आइतबार हुने सन्डे नाइट फुटबलसँग प्रतिष्पद्र्या गर्न नसक्ने ठानेपछि सोमबार सारेको बताइन्छ। यसका साथै क्वान्टिकोले एएमसी तता एचबिओ मा आउने शोसँग पनि प्रतिष्पद्र्या गर्न नपाउने भएको छ। कार्यक्रमको सोही दिनको रेटिङमा १.० अकंबाट अगाडी बढ्नमा असफल हुँदै आइरहेको बताइन्छ।