बलिउड अभिनेत्री रेखा यतिबेला दक्षिण भारतीय सिनेमामा काम गर्दै छिन् । उनले आफ्नो फिल्मी यात्रा सन् १९६६ मा तेलुगु फिल्म रंगुला रतनामबाट सुरु गरेकी थिइन् । उनी त्यतिबेला तेलुगु फिल्मकी हिट बाल कलाकार थिइन् । पछि बलिउड फिल्ममा आएकी उनी फेरि दक्षिण भारतीय फिलममा काम गर्दै छिन् । पछिल्लो समय उनी बलिउड फिल्ममा छैनन् । केही समय यताबाट उनको हिन्दी फिल्म आएको छैन । आफू खाली भएका कारण पनि उनले दक्षिण भारतीय फिल्ममा काम गर्न थालेकी हुन् ।
रेखा अहिले तेलुगु फिल्ममा अनुबन्धित भएकी छन् । आफूले सन् १९६९ मा कन्नड फिल्म ‘अपरेशन जैकपट नल्ली सीआईडी ९९९’ बाट नायिकाको यात्रा सुरु गरेको र साउथ इन्डियन फिल्ममा आफूलाई जहिले प्रस्ताव आए पनि काम गर्न तयार भएको रेखाको भनाइ छ । अहिले उनले तेलुगु फिल्ममा त्यहाँका चर्चित कलाकार पर्णाको छोरीको भूमिका निर्वाह गर्दै छिन् ।