बलीउडमा सलमान खान र संजय दत्तको मित्रतालाई एउटा उदारहण नै मान्ने गरिन्छ । उनीहरुको मित्रता बलीउडका अन्य कलाकारहरुको भन्दा बेग्लै छ । उनीहरु एकअर्कालाई केही भयो भने ज्यान समेत दिन हिचकिचाउँदैनन् । तर, अब यस्तो लागिरहेको छ कि सलमान र संजयको सम्बन्ध अहिले सोचे जस्तो राम्रो छैन । अहिलेसम्म उनीहरुको सम्बन्ध विग्रनुको मुख्य कारण के हो त्यो बाहिर नआएपनि संजय दत्त सलमानमाथी कुनै कमेन्ट गर्न पछिल्लो समय चुक्ने गर्दैनन् । हालैमा आयोजित एक इवेन्टको दौरान संजय दत्तले सलमानलाई ‘घमण्डी व्यक्ति’ भने ।
एक पपुलर वेबसाइटका अनुसार, दिल्लीमा आयोजित एक इवेन्टको दौरान संजय दत्तसँग वर्ड गेम खेल्नका लागि भनियो । गेममा र्यापिड फायर राउण्डको दौरान जब संजय दत्तसँग सोधियो कि ‘तपाई सलमानलाई एक शब्दमा कसरी डिस्क्राइब गर्नुहुन्छ ?’ अनि संजय दत्तले उत्तर दिए ‘घमण्डी’ ।