रिसेनको नामबाट प्रसिद्ध ऋतुपर्णा सेन बंगाली चलचित्रकी चर्चित नायिका हुन् । ३८ वर्षीया यी नायिकाले करिअरको सुरुवात मोडलिङबाट सुरु गरेकी थिइन् । गाँडु र काश्मिक सेक्सजस्ता फिल्मबाट उनी चर्चासँगै दर्शकमाझ लोकप्रिय पनि बनिन् । थोरैलाई मात्रै थाहा छ, उनले ओसिएन्स सिनेफ्यान फेस्टिबल अफ एसियन एन्ड अरब सिनेमामा कस्मिक ‘सेक्स’ बाट सर्वोत्कृष्ठ अभिनेत्रीको अवार्ड पाएकी छिन् । उनले बंगाली फिल्म ‘टेपोनोदर माथे’ बाट डेब्यु गरेकी थिइन् । तर, यो फिल्म कहिल्यै हलमा लागेन ।
अर्को कुरा उनी फिल्ममा फुल न्युड सीन दिने नायिकाका रूपमा चर्चित छिन् । उनले कौशिक मुखर्जीको गाँडु र अमिताभ चक्रवर्तीको ‘कास्मिक सेक्स’ मा पुरै न्युड सीन दिएकी छिन् । न्युड सिनकै कारण चर्चामा आएकी यी नायिका राम्रो विषय भएको फिल्ममा न्युड सीन दिन राजी हुन्छिन् ।