रणवीर कपुर र कटरीना कैफको ब्रेकअप भएको एक वर्ष भइसकेको छ । यी दुईको सम्बन्धले मिडियामा ठुलो चर्चा पाएको थियो । ब्रेकअप पश्चात बनेको फिल्म ‘जग्गा जासुस’ को सुटिङ सक्न निर्देशक अनुराग बासुलाई निकै कठिन परेको थियो । फिल्ममा केही यस्ता अवस्थाहरु समेत आए जसले गर्दा निर्देशक फिल्म नै नबन्ने हो कि भन्ने शंकामा रहेका थिए । तर, अन्तत फिल्मको सुटिङ सकियो । अब फिल्मको रिलिजको लागि रणवीरभन्दा पनि कटरीनाले आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारबाट पछि हट्न थालेकी छिन् । उनले रणवीरसँग कुनै सम्बन्ध नराख्ने भन्दै यसो गर्न खोजेको बताइएको छ । बाहिर आएको खबर मान्ने हो भने कटरीनालाई रणवीरसँग फिल्म प्रोमोट गर्न बताइएको थियो तर कटरीनाले पुरै अस्विकार गरिदिइन् । अर्कोतर्फ मिडियाले दिएको रिपोर्टका अनुसार रणवीरलाई कटरीनासँग फिल्म प्रमोट गर्न कुनै आपत्ति छैन । फिल्ममेकर्सले रणवीर र कटरीनालाई आफ्ना इस्युहरु अलग राखेर फिल्मको प्रमोट गर्न भनेका थिए । तर, कटरीनाले पछिल्लो समय देखाएको व्यवहारका कारण फिल्म प्रोमोटमा निकै असर परेको बताइएको छ । फिल्म ७ अप्रिलमा रहेको छ ।