बलीउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘जुड्वा’ को सिक्वल बन्दै छ। चलचित्रमा बरूण धवनले दोहोरो भूमिका निभाउँदै छन्। डेभिड धवनको यस चलचित्रमा सलमान खानले पनि काम गर्दैछन्। उनी चलचित्रमा अतिथि भूमिकामा देखिनेछन्। उनको रोल कस्तो हुनेछ भन्ने बारेमा धेरैलाई थाहा छैन। मिडिया रिपोर्टहरूका अनुसार चलचित्रमा सलमान पनि दोहोरो भूमिकामा देखिनेछन्। चलचित्रमा सलमान पहिलो सिक्वलमा रहेका राजा तथा प्रेम पात्रको दोहोरो भूमिकामा हुनेछन्। सो फिल्म १९९७ मा रिलिज भएको थियो। त्यस्तै चलचित्रका निर्माता साजिद नाडियालवाला तथा डेभिडले चलचित्रमा करिष्मा कपुर तथा रम्भालाई पनि अभिनय गराउने तयारी भइरहेको खबर छ । उनीहरूहरूले अभिनय गर्ने दृश्यलाई चलचित्रको मुख्य आकर्षणको रूपमा पेस गरिने उनीहरू योजना रहेको छ।