आफ्नो नयाँ फिल्मका लागि आमिर खान लामो समयका लागि गायब हुने तयारीमा रहेका छन् । आमिर केही समयका लागि तपाईको नजरमा आउँने छैनन् । यसको कारण हो उनको बन्न लागेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ । यस फिल्मको तयारीका लागि उनी कुनै अन्जान ठाउँमा जादैछन् । हिन्द महासागरको दक्षिण पश्चिम इलाकास्थित रहेको एउटा ठाउँमा आमिर खान एक महिनासम्म रहनेछन् । यस फिल्ममा आमिर खानका साथ अमिताभ बच्चन पनि रहेका छन् ।
आमिर खानलाई हरेक काममा परफेक्सन चाहिन्छ । यसका कारण यी अभिनेता तयारी पुर्व कुनै शान्त ठाउँमा जाने गर्छन् र फिल्मका लागि तयारी गर्छन् । पछिल्लो समय दंगल फिल्मको तयारीमा रहेका बेला धेरै मानिसहरु भेट्न आएपछि उनलाई समस्या भएको थियो । यसपटक भने उनले केही सेक्रेट राखेका छन् । मिडियामा पछिल्लो पटक आएको खबरका अनुसार फिल्म तयारी गर्नका लागि बनाइएको स्थानमा धेरै स्पोर्टसका गतिविधिहरु भइ रहेका छन् । आमिर खानलाई दैनिक ६ घण्टा ट्रेनिङ लिनुपर्ने र ९ घण्टा सुत्नुपर्नेछ ।