सन् २०१५ मा आएको फिल्म ‘बाहुबली’ रिलिज पश्चात एउटा प्रश्न सबैले उठाए, ‘कटप्पाले बाहुबली’ लाई किन मारे ? यो प्रश्नको जबाफको पर्खाइ अब लगभग सकिने लागेको छ । यस प्रश्नको जबाफ यही साल मिल्ने सम्भावना बढेको छ । मिडिया रिपोर्टका अनुसार बाहुबली २ को टिमले ट्रेलर रिलिज गर्ने तयारीमा जुटेको छ । फिल्म निर्माताहरु फिल्मको ट्रेलर १५ फ्रेवअरीभन्दा अगाडि नै गर्न चाहेको र यही योजनामा काम गरेको बताइएको छ । यतिमात्र नभइ फिल्म रिलिजका लागि एउटा ठुलो इभेन्टको आयोजना गर्ने समेत योजना बनाइएको बताइएको छ । फिल्म एसएसद्वारा निर्देशित फिल्ममा प्रभास, राणा दग्गुबत्ती, अनुष्का सेट्टी, तमन्ना भाटिया यस फिल्ममा रहेका छन् ।