पपुलर टिभी शो जमाई राजाकी एक्ट्रेस अचिंत कौरले १९ बर्ष अगाडी खिचिएको आफ्नो बोल्ड तश्वीर सोशल मीडियामा शेयर गरेकी छिन् । उक्त ब्ल्याक व्हाइट फोटोमा अंचितको सेक्सी बडी देख्न सकिन्छ । फोटोको बारेमा अचिंतले लेखिन्,”HAD COMPLETELY FORGOTTEN… 1998 concept shoot for an international assignment. Photography @chatteraty ……..makeup & hair @ashashariharan …”
यी शोबाट भईन् चर्चित
अचिंतले अहिले टिभी शो जमाई राजामा नेगेटिभ भूमिका निर्वाह गरिरहेकी छिन् । यसमा उनले करनवीर सिद्धार्थ खुराना (रवि दुबे) की सासु दुर्गा देवी पटेल (डीडी) को रोल प्ले गरेकी छिन् । बताइदिउँ, अचिंतले १९९४ मा आएको टिभी बनेगी अपनी बातबाट डेव्यू गरेकी थिइन । उनी क्योंकि सास भी कभी बहू थी (2003-08), प्यार का घर (2004-05), कहानी घर घर की (2005-08), झांसी की रानी (2011) जस्ता शोजहरुमा पनि काम गरिसकेकी छिन् ।