बलीउड स्टार वरुन धवन र आलिया भट्टको अपकमिंग फिल्म ‘बद्रीनाथ की दुल्हनियां’ को पहिलो पोष्टर रिलिज भएको छ । धर्मा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मको निर्माता करण जोहर र फिल्मका निर्देशन शशांक खैतान हुन । तपाईहरुलाई बताइदिउँ कि वरुण र आलियाको यो फिल्म २०१४ मा रिलिज भएको ‘हम्पटी शर्मा की दुल्हनियां’ को सेकेण्ड पार्ट हो । फिल्मको पहिलो पार्टलाई पनि शशांक खैतानले नै निर्देशन गरेका थिए ।