साउथका चर्चित कमेडियन ब्रह्मानन्दम ६१ बर्षका भइसकेका छन् । १ फेब्रअरी, १९५६ मा आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा जन्मिएका ब्रह्मानन्दमको परिवारको सुरुवाती आर्थिक अबस्था निकै नाजुक थियो । यही कारण पूरा परिवारमा उनी एक्ला यस्ता व्यक्ति थिए कि, जसले एमएसम्म अध्ययन गरेका छन् । पोस्ट ग्रेजुएशनपछि उनले एक तेलुगु लेक्चररको रुपमा अत्तिल्ली कलेजमा काम गर्न सुरु गरेका थिए ।
कलेजमा प्राय छात्राहरुको मिमिक्री गरेर हँसाउने ब्रह्मानन्दमलाई एकपटक इन्टर कलेज ड्रामा कम्पिटीशनमा बेस्ट सपोर्टिंग आर्टिस्टको प्राइज मिल्यो, त्यसपछि उनको रूचि ड्रामा तर्फ बढ्न लाग्यो । त्यही दौरान चर्चित तेलुगु डायरेक्टर जन्धयालाले ब्रह्मानन्दमलाई मोद्दाबाई नामको ड्रामामा एक्टिंग गर्दै गरेको देखे र त्यसपछि उनले आफ्नो फिल्म फिल्म चन्ताबाबाईमा रोल अफर गरे ।
ब्रह्मानन्दमका छन् दुई छोरा
ब्रह्मानन्दमको बारेमा त प्राय सबै जान्दछन् तर उनको फेमिलीको बारेमा भने कमै मान्छेहरु जान्दछन् । ब्रह्मानन्दमकी श्रीमतीको नाम लक्ष्मी कन्नेगंती हो । उनीहरुका दुई छोरा छन् । जेठो छोराको नाम राजा गौतम र कान्छो छोराको नाम सिद्धार्थ हो ।