सबैभन्दा धेरै प्रतिक्षा गरिएको फिल्म ‘बाहुबली २’ ले रिलिज पुर्व नै बल्कबस्टर साबित भएको छ । बाहिर आएको मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिज पुर्व नै ५०० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ । यो सबै कलेक्शन थिएटरिकल राइट्स विभिन्न भाषामा बेचेर कमाइएको हो । अन्यमा ओभरसिज डिस्ट्रिब्युसन राइट्स र टेलिभिजन राइट्स बाट भएको आम्दानी हो । करण जोहरको धर्मा प्रोडक्सनले फिल्मको हिन्दी राइट्स किनेको छ । फिल्मको हिन्दी रिमेक बनाउका लागि ठुलो रकम तिरेको समेत बताइएको छ ।
फिल्म निर्माताले १३० करोडमा तेलुगु स्टेटमा फिल्म राइट्स बेचेको छ । तामिल स्टेटलाई ४७ करोडमा बेचेको छ । केरेला र कर्नाटकलाई १० करोड र ४५ करोडमा डिस्ट्रिबिउसन राइट्स बेचेको छ ।
सोनी टिभी नेटवर्कले टेलिभिजन सेटलाइट राइट्स ५१ करोडमा खरिद गरेको छ । यो डब्बड फिल्मका लागि तिरिएको हालसम्मकै सबैभन्दा ठुलो रकम हो । उत्तर अमेरिकामा डिस्ट्रिबिउसन राइट्स ४५ करोडमा बेचिएको छ । अमेरिकाको भने हालसम्म खुलाइएको छैन । फिल्म विश्लेषकहरुका अनुसार यो सबै जोड्दा फिल्मले ५०० करोड रुपैयाँ रिलिज पुर्व नै कमाइ सकेको छ । फिल्ममा प्रभास र राणा दगुबत्तीको प्रमुख भुमिका रहेको छ ।