नेपाली चलचित्रकी नायिका प्रियंका कार्की भारतीय चाउचाउ कम्पनी ‘ईट ओ’ को विज्ञापनमा दुई छोराकी आमा बनेकी छिन् । थ्रि लर्भसबाट नेपाली रजतपटमा भित्रिएकी अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीले ईट ओ चाउचाउको विज्ञापनमा दुई छोरालाई चाउचाउ पकाएर खुवाएको देख्न सकिन्छ । उनले विज्ञापनमा भारतीय संवाद नै बोलेकी छिन् । ४० सेकेण्ड लामो यो विज्ञापन अहिले युट्युबको नं. १ ट्रेडिङमा छ । यो विज्ञापनलाई नेपाली प्रोडक्शन ‘जी ट्वेन्टी वान’ ले बनाएको हो । अराज केसब र मोहित मुनालको पनि आवाजमा रहेको यो विज्ञापन बानेश्वरको रियल टाइम स्टुडियोमा रेकर्ड गरिएको हो । सुन्दर र कुशल अभिनय गर्न माहिर मानिने प्रियंकाले यो भारतीय विज्ञापनमा काम गरेसँगै यति बेला कतै उनी बलीउड फिल्ममा ईन्ट्री मार्ने तयारीमा त छैनन् ? भन्ने अकड्न पनि धेरैले काट्न थालिएको छ । जे होस्, ‘ईट ओ’ चाउचाउको विज्ञापनमा भने प्रियंका दुई छोराकी आमाको भूमिकामा पनि फिट देखिएकी छिन् ।