आउँदो चैत ४ गतेलाई रिलिज डेट लक गरेको निर्माणपक्षले चलचित्र ‘यो साइनो मायाको’ मा समाबेश ‘स्याड भर्सन’ को अफिसियल गीत रिलिज गरेको छ । अरुणकुमार प्रधानको निर्देशनमा तयार भएको यो चलचित्रको प्रचारलाई अघि बढाउँदै नयाँ गीत रिलिज गरिएको हो । लिड अभिनेता जतिन ताम्राकार र डेब्यू अभिनेत्री रेश्मा घिमिरेको प्रेमपीडा बोल्ने सार्वजनिक ‘के भयो बोलको गीत’ मा गायक शिव परियारको स्वर रहेको छ भने शब्द तथा संगीत कुन्दन थापाको छ ।
‘यो साइनो मायाको’ मा जतिन र रेश्मासँगै किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बा अभिनयमा छन् ।
फिल्मको नामले नै प्रेम भाव दर्शाउँछ । रामकुमार श्रेष्ठ निर्माता रहेको फिल्मलाइ बाबुराम नेपालीले खिचेका हुन् ।