चैत १८ गतेलाई रिलिज डेट लक गरिएको चलचित्र ‘लाल्टिन’ को पहिलो च्यारिटी शो बाट उठेको रकमबाट ५० हजार रुपैया स्वर्गीय कलाकार आर.पी. भट्टराई (लादालाम) को परिवारलाई हस्तान्तरण गरिएको छ । नायक निर्जन थापाको नेतृत्वमा भएको चलचित्रको च्यारिटी शो माघ १९ गते काठमाण्डौको जय नेपाल हलमा गरिएको थियो । च्यारिटी शोमा बैङ्कर अनिल शाह, चलचित्र ‘लालटिन’ का निर्माता भानु प्रताप ढकालदेखी कलाकार तथा समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । यो चलचित्रमा स्वर्गीय कलाकार आर.पी. भट्टराईको समेत अभिनय रहेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै निर्माता एवं कलाकार भानु प्रतापले एक कलाकारको सुखदुखमा साथ दिनु पर्छ भन्ने उदेश्यले आर.पी भट्टराईको सम्मानमा रकम सहयोग गरेको बताए ।
यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । भानु प्रताप प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् । चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।