‘झलक दिखला जा’ सीजन ९ की विजेता नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगर आफूलाई अनलाइनन भोटिङ गरेर जिताउन सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिनका लागि नेपाल आएकी छिन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेकी हुन । उनलाई स्वागत गर्नका लागि त्रिभुवन विमानस्थलमा प्रशंसक र आफन्तहरुको भिड लागेको थियो । सेल्फी खिच्नका लागि लागेको भिड पन्छाउन मात्र तेरियालाई घण्टा वितेको थियो । परिक्षा नजिक भएका कारण केही दिन मात्र नेपाल बस्ने तयारीमा रहेकी तेरिया ‘झलक दिखला जा’ को उपाधि चुमेपछि पहिलो पटक नेपाल आएकी हुन । तेरियाको सम्मानमा शनिबार तेरिया फाउण्डेसनले काठमाडौंमा एक कार्यक्रम गर्दैछ । सो कार्यक्रममा सहभागी भएपछि उनी आफ्नो गृहजिल्ला रुपन्देही जानेछिन् । रुपन्देहीमा पनि उनलाई स्वागतको तयारी भइरहेको तेरियाका हजुरबुवा कृष्णबहादुर फौजामगर बताए ।
तश्वीर : ठूलो पर्दाको भिडियोबाट