‘पिके’ निर्देशक राजकुमार हिरानी अभिनेता संजय दत्तको बायोपिकमा फिल्म बनाउन लागिरहेका छन् । यस फिल्मका लागि अभिनेता रनवीर कपुरलाई लिइएको छ । रनवीरले यस फिल्मका लागि १३ किलो तौल बढाएका छन् । रणवीरले संजय दत्त जस्तै देखिन यस्तो गरेका हुन् ।
यस फिल्ममा रनवीर तीनवटा अलग फिजिकमा देखाइ दिनेछन् । पहिलो लुकमा रणवीर हेवी लुकमा देखिनेछन् । दोस्रो लुक ९० को दशकमा रहेको दब्लो पातलो संजय दत्तको रहेको छ । यसपश्चात रिहावसेन्टरमा बसेको संजय दत्तको लुकमा उनी देखिनेछन् । १४ जनवरी देखि मड आयरल्याण्डमा संजय दत्तको बायोपिकमा शुटिङ सुरु भइसकेको छ ।